Sat. Apr 27th, 2024

हलिउडकी स्वर्गीय अभिनेत्री एलीजाबेथ टेलरले आफ्ना पति रिचर्ड बर्टनका लागी लेखिएको प्रेमपत्र लिलामीको लागी राखिएको छ । खबरमा आए अनुसार एलीजाबेथले बर्टन सगँ सम्बन्ध विछेद गर्नु भन्दा करिब ३ महिना अगाडी अर्थात १९७४ सालमा विवाह गरेको १० बर्ष पछि उनले उक्त पत्र श्रीमान रिचर्ड बर्टनलाई उनले लेखेकी थिइन् । उक्त पत्रमा निकै वियोगान्त शब्दहरु रहेका छन् ।AP_elizabeth_taylor_love_letter_lpl_131128_16x9_608एलीजाबेथले श्रीमान रिचर्ड बर्टनलाई निकै माया गर्ने कसम खाएकी थिइन् तर उनलाई रिचर्डले घोका दिएका थिए । एलीजाबेथले उक्त पत्रमा लेखेकी छिन् प्रिय पति,म कसरी बताउ तपाईलाई म तपाईलाई कति धेरै माया गर्छु भन्ने । यि पत्रमा ति शब्दहरु पनि अटाउन सक्दिन म त्यति धेरै माया गर्छु तपाईलाई । यसरी निकै मार्मिक तरिकाले लेखिएको प्रेम पत्र करिब ५९,५०० डलरमा विक्रि हुन सक्ने बताइएको छ ।

%d bloggers like this: