Fri. Mar 29th, 2024

नेपाली सिनेनगरीमा धेरै सफल चलचित्रमा अभिनय गरिसकेका चर्चित कलाकार सुनिल थापा (राते काइला) नेपाली चलचित्रमा मात्र होइन उनी बलिउड चलचित्रमा पनि उतिकै क्रियाशिल व्यक्ति हुन् । जसले बलिउडमा पनि केहि चलचित्रहरुमा अभिनय गरिसकेका छन् । पछिल्लो समयमा उनले अभिनय गरेका नेपाली चलचित्रले व्यापारिक हिसाबले सफल्ता कमाउन नसके सगै उनी केहि महिना अस्ताएका थिए । तर केहि महिना देखी नै उनी फेरी नेपालमा मात्र होइन भारतमा समेत उनको चर्चा निकै चुलिएको छ । किनकी आज अर्थात भाद्र २० गते देखी सुनिल थापा द्धारा अभिनित बलिउड चलचित्र मेरी कोम प्रदर्शनमा आएको छ ।marry-kom-music-launch-7बलिउडकी चर्चित नायिका प्रियंका चोपडाको बक्सर गुरुको भुमिकामा देखिएका सुनिलाई यस चलचित्रले उनको जिन्दगीमा धेरै ठुलो माइनेज राख्ने छ । हलिउड चलचित्रमा समेत अभिनय गर्ने सुरमा रहेका सुनिल थापा यस चलचित्र अर्थात मेरो कोम सफल भए उनका हरेक बाटोहरु पुरा रुपले खोलिने छन् । त्यस कारण पनि उनलाई यो चलचित्र एउटा परिक्षाको घडी जस्तै बनेको छ । विश्व च्याम्पिएन भारतीय बक्स मेरी कोमको जीवनीमा आधारित चलचित्र मेरी कोम देशभर गरि करिब ५ हजार सिनेमाहलहरुमा प्रदर्शनमा आएको छ । नेपाली कलाकार सुनिल थापाले नै मेराी कोममा अभिनय गरेका कारण नेपालमा करिब ८० वटाहलहरुमा चलचित्र मेरी कोम लागेको छ । यसरी निकै चर्चामा रहेको चलचित्र मेरी कोम र नेपालका सुनिल थापा उक्त चलचित्रलाई व्यापारिक हिसाबले सफल बनाउन चलचित्रको प्रचार प्रसार देखी विभिन्न काममा समेत साथ दिदै आएका छन् । अब केहि दिन भित्रमा नै सुनिल थापा सफल कलाकार वा असफल कलाकार हुन् भन्ने पक्कै थाहा हुने नै छ ।

%d bloggers like this: