Thu. Apr 25th, 2024

साधारण मान्छेको असाधारण कथा चलचित्र ‘बिर्खेलाई चिन्छस’ आज देखी देशभर प्रदर्शनमा आएको छ । चलचित्र स्टुपिड मनले एका एक प्रदर्शन मिति सारेपछि एक्लै प्रदर्शनको मौका पाएको चलचित्र बिर्खेलाई चिन्छस आज देखी करिब ४० वटाहलहरुमा एकसाथ प्रदर्शनमा आएको छ । यति बेला चलचित्रको गीत,संगीतले निकै चर्चा कमाइरहेको बिर्खेलाई चिन्छसमा सुबास थापा,विनिता खड्का,आयुषा राई आदी कलाकारहरुको मुख्य भुमिका चलचित्रमा देख्न सकिन्छ ।

birkhailai chinc

चलचित्रलाई कलाकार तथा निर्माता सुवास थापाले चलचित्रलाई निर्माण गरेका हुन् भने अराज केशव गिरीले चलचित्रलाई निर्देशन गरेका हनु् । चलचित्र पुर्णतया कमेडी रहेको बताइएको छ । चलचित्रमा सुबास थापालाई विभिन्न भुमिकामा देख्न सकिन्छ । कोहिनूरले यति बेला दर्शक रुवाइरहेको अबस्थामा बिर्खेलाई चिन्छसले भने आम दर्शकलाई निकै मज्जाले हँसाउने कलाकार तथा निर्माता सुवास थापाले बताएका छन् ।

%d bloggers like this: