Sat. Oct 26th, 2024

नेपाली चलचित्र देखी लोकगीत,आधुनिक गीत गरि झण्डै ३ हजार भन्दा बढि गीतहरु गाइसकेकी चर्चित गायिका अञ्जु पन्तले हिन्दू गीत नगाउने भन्दै कमलादीमा रहेको मालाश्री रेकर्डिङ स्टुडियोबाट निस्किए सगै यस विषयले निकै ठुलो चर्चा बटुल्यो । जस कारण अञ्जुले हिन्दू धर्मको खिल्ली उडाएकी हुन् भन्दै निकै विवादमा मुछिएकी गायिका अञ्जु पन्तले हिजो आफ्नै हातबाट लेखिएको पत्र सार्वजानिक गरेकी छिन् ।anjuउनले उक्त पत्रमा आफुले कुनै पनि धर्मलाई होच्चाउन नखोजेको बताएकी छिन् । उनले हस्तलिखित सामग्री मार्फत यस्तोे बताएकी हुन् । पछिल्लो समयमा क्रिश्चीयन धर्ममा आस्था राखेकी उनले हिन्दुवादी शव्द भएको भन्दै दशैंको गीत गाउन अस्वीकार गरेपछि धार्मिक रुपमा उनी विवादमा तानिएकी थिइन् । त्यसको लगत्तै उनले एक पत्र मार्फत संप्रेषण गरी आफूले कुनै धर्मको अपमान नगरेको बताएकी हुन् । सहदेव कोइरालाको संगीत तथा रचनाको गीत गाउन अञ्जुले स्विकार गरेकी थिइन् किनकी उक्त गीत हिन्दु धर्म सम्बन्धी थियो । त्यसकारण पनि हिन्दु धर्म सम्बन्धी गीत आफुले नगाउने भन्दै अन्जु हिडेपछि अञ्जुले हिन्दु धर्मको खिल्ली उडाएको भन्दै अन्जु प्रति यति बेला कडा आलोचना हुन थालेको छ ।