Fri. Apr 26th, 2024

साधारण मान्छेको असाधारण कथा चलचित्र बिर्खेलाई चिन्छस अब भोली अर्थात भाद्र २० गते देखी देशभर प्रदर्शनमा आउदै छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरि चलचित्र बिर्खेलाई चिन्छस युनिटले चलचित्र बिर्खेलाई चिन्छसको कथाले सबैलाई सन्देश सगै निकै मज्जाले हँसाउने समेत बताएका छन् । चलचित्रमा देखा परेका कलाकार तथा चलचित्रका निर्माता सुवास थापाले आज पत्रकारको सामु श्रीमती विनिता खड्कालाई समेत सार्वजानिक गरेका छन् । चलचित्रको गीत देखी टे«लरमा विनितालाई देखिए पनि सुबासका श्रीमती हुन् विनिता भने कसैलाई थाहा थिएन् ।934796_275369925987477_4176625989963028769_nविनिता चलचित्रमा मुख्य भुमिकामा समेत देखिएकी छिन् । आफ्नो श्रीमतीका ४० लाख पर्ने गरगहना धरैटी राखेर चलचित्र निर्माण गरेको दुखेसो गर्दै चलचित्रका निर्माता तथा कलाकार सुबास थापाले एकपटक चलचित्र बिर्खेलाई चिन्छस हल सम्म गइ हेरिदिन समेत आग्रह गरेका छन् । अहिले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरले दर्शकलाई रुवाइरहेको बेला चलचित्र बिर्खेलाई चिन्छसले भने दर्शकलाई निकै मज्जाले हँसाउने समेत सुबासले बताए । ४० वटा भन्दा बढि सिनेमाहलहरुमा प्रदर्शन हुन लागेको चलचित्र बिर्खेलाई चिन्छसमा सुबास थापा,विनिता खड्का,आयुषा राई आदी कलाकारहरुको मुख्य भुमिका चलचित्रमा देख्न सकिन्छ । चलचित्रमा बिर्खेको भुमिका निभाएका कलाकार सुबास थापाले आफ्नो श्रीमती विनिता खड्काको अभिनयले चलचित्रलाई निकै ठुलो न्याय पुग्ने समेत बताएका छन् । यति बेला चलचित्रका गीत,संगीत देखी ट्रेलरले समेत दर्शकको मन जितिरहेको छ । चलचित्रलाई अराज केशवले निर्देशन गरेका हुन् ।

%d bloggers like this: