Thu. Mar 28th, 2024

करिब २८ दिन सम्म छायंकनमा रहेको चलचित्र भुलभूलैयाले आज आफ्नो सम्पुर्ण छायांकन सकाएको छ । चलचित्रका नायक जीवन लुईटेल भोली अमेरिका जाने कार्यक्रम भएपछि आज चलचित्रले आफ्नो सम्पुर्ण छायांकन सकाएको हो । अब चलचित्रको एउटा गीतको छायांकन मात्र बाँकी छ जुन अब जीवन लुईटेल अमेरिकाबाट आएपछि हुने निर्माण पक्षले बताएको छ । अमेरिकाबाट जीवन र्फकन साथ बाँकी रहेको चलचित्रको एउटा गीतको छायांकन गरिने चलचित्रका निर्देशक योगेश घिमिरेले बताए ।DSC07326चलचित्रमा जीवन लुइटेल, नीता ढुंगाना, स्वहित मानन्धर आदी कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्रमा डीजिटल प्रविधिको उच्चतम प्रयोग गरिएको समेत निर्देशक घिमिरेले बताए । चलचित्रमा दिनेश कुमार पोखरेलको प्रस्तुती, सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहाल निर्माता छन् । निरज ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा शिवम् अधिकारीको लेखन, बनिष शाहको सम्पादन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, राजेन्द्र थापा र स्वप्निल बरालको गीत, बसन्त सापकोटाको संगीत छ ।

%d bloggers like this: