Sat. Apr 20th, 2024

नेपाली चलचित्र देखी लोकगीत,आधुनिक गीत गरि झण्डै ३ हजार भन्दा बढि गीतहरु गाइसकेकी चर्चित गायिका अञ्जु पन्तले हिन्दू गीत नगाउने भन्दै कमलादीमा रहेको मालाश्री रेकर्डिङ स्टुडियोबाट बाहिर निस्केकी छिन् । क्रिस्चियन धर्म मान्दै आएकी अञ्जुले आफ्नो धर्मले हिन्दू गीत गाउन नदिने बताएकी छिन् । धर्मको नाम भेदभाब हुनु हुदैन भनेर हिड्ने अञ्जु हिन्दु गीत गाउन आफ्नो धर्मले नदिने बताए सगै अञ्जु यति बेला निकै विवादमा छिन् ।

anju-panta-image-322a729e6b27de203e6827af34e263a5a5ee8e89d8

सहदेव कोइरालाको संगीत तथा रचनाको गीत गाउन अञ्जुले स्विकार गरेकी थिइन् किनकी उक्त गीत हिन्दु धर्म सम्बन्धी थियो । त्यसकारण पनि हिन्दु धर्म सम्बन्धी गीत आफुले नगाउने भन्दै अन्जु हिडेपछि अञ्जुले हिन्दु धर्मको खिल्ली उडाएको भन्दै अन्जु प्रति यति बेला कडा आलोचना हुन थालेको छ । अञ्जुले धेरै गीतहरु हिन्दु धर्मको समेत गाएकी छिन् तर यस कुराले भने अञ्जु फ्यानहरु उनी प्रति निकै आक्रोसित बनेका छन् ।

%d bloggers like this: