Sat. Apr 27th, 2024

मंसीर ५ गतेबाट देशव्यापी रिलिज हुने तयारीमा रहेको फिल्म श्री ५ अम्बरेको एउटा र्शीष गीत रिलिज भएको छ । ‘जब सपनीमा आइरहन्छौ’ नायक गीतमा चलचित्रका नायक सौगात मल्ल र नायिका प्रियंका कार्कीको डिजिटल प्रविधिको दृश्य सगँ रमाइरहेका देख्न सकिन्छ । ‘अन्तराल’ चलचित्रबाट निकै सफल निर्देशकको रुपमा स्थापित भएकी महिला निर्देशक दीपा बस्नेतले श्री ५ अम्बरे निर्देशन गरेकी हुन् ।Captureफिल्ममा सौगातसहित केकी अधिकारी, प्रियंका कार्की, विक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई, मार्टिन खान, राज गोदाइली आदिको अभिनय रहेको छ। अभिमन्यु निरवीको कथा रहेको फिल्ममा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्धको गीत, बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी तथा यम बुद्धको संगीत, चन्दन दत्तको सम्पादन र गणेश श्रेष्ठको छायांकन रहेको छ । फिल्मका निर्माता टि. एन. आचार्य र दिपक आचार्य समेत रहेका छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=sNQPR5Voz-M#t=48

%d bloggers like this: