Fri. Apr 26th, 2024

आँखाबाट आसु बगिरहेको झण्डै २६ दिन वित्न लाग्यो सधै श्रीकृष्ण श्रेष्ठको सम्झनामा स्वेता खड्का का हरेक रात,दिन श्रीकृष्णको पर्खाइमा वित्छन् आउलान् की श्रीकृष्ण भन्दै । तर अब कहिले नर्फकने गरि सधा सधाका लागी भगवानका प्यारा भएका श्रीकृष्णलाई सम्झेर सधै आसुको तलाउमा हुन्छिन् स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठकी धर्मपत्नी स्वेता खड्का । केहि दिन अगाडी आफ्नो फेसबुक मार्फत भगवान सगँ प्राथना गर्दै मलाई सहन गाह्रो भो भगवान भन्दै फेसबुकमा उनले भगवान सगँ अरुलाई यस्तो दुख नदिन आग्रह गरेकी थिइन् । Captureश्रीकृष्णलाई सम्झदै वित्ने स्वेताका हरेक दिन अहिले कि त श्रीकृष्णको सम्झनामा विताएका तस्विरहरु फेसबुकमा सार्वजानिक गर्छिन त कहिले भगवान सगँ विलौना गर्दै श्रीकृष्णलाई फेरी भेटाइदिन आग्रह गरेकी हुछिन् स्वेता । आज पनि उनले आफ्नो फेसबुकमा श्रीकृष्णलाई सम्झदै एउटा मार्मिक कविता राखेकी छिन् । ‘मलाई गाह्रो भयो आफैले आफैलाई सम्हाल्न’ नामक कविताका हरेक शब्दहरु निकै भावपुर्ण छन् । उनका लेखेका हरेक शब्दहरुले श्रीकृष्ण श्रेष्ठको सम्झना दिलाइरहेको पाउन सकिन्छ । हिजो मात्र स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र आफुले अभिनय गरेको चलचित्र कोहिनूर हेरेकी स्वेताले चलचित्र अवधिभर श्रीकृष्णको यादमा नै भक्कानिए रोहिरहिन् । असार २३ गते बैबाहिक जीवनमा बाधिए सगै हनिमुन मनाउन भारतको सिम्ला गएको बखत उतै विरामी परेपछि नायक श्रीकष्ण श्रेष्ठको निधन आउन २५ गते भारतको एपोला अस्पतालमा भएको थियो ।

%d bloggers like this: