Tue. Mar 21st, 2023

पहिलो चलचित्र ‘नसिब आफनो’ बाट एक रुपैयाँ पनि नलिई चलचित्र क्षेत्रमा प्रबेश गरेका नायक जीवन लुइटेल पछिल्लो समयमा निकै व्यस्त नायकका रुपमा पनि चिनिन्छन् । धेरै सफल चलचित्र दिइसकेका नायक जीवन लुइटेल यति बेला हरेक दर्शकहरुको मनमुटुमा बस्न सफल नायक बनेका छन् ।jeevan lautelत्यहि क्रममा १ बर्ष अगाडी नेपाली कलाकारहरु मध्यकै पहिलो पटक आफ्नो बारेमा सम्पुर्ण जानकारी पाउने गरि सञ्चालनमा ल्याइएको एप्सबाट करिब १० हजार व्यक्तिले एन्ड्रोड मोबाइल मार्फत जीवनको व्यक्तीगत एप्स डाउनलोड गरेपछि अब नायक जीवन लुइटेलको व्यक्तिगत कुरा आइफोनमा पनि आउने भएको छ । आइफोन चलाउने दर्शकले अब सिधै जीवनको बारेमा हेर्न,पढ्न र डाउनलोड गर्न सक्ने छन् । जीवनले अब चाडै नै आफ्नो बारेमा सम्पुर्ण जानकारी पाउने आइओएस भर्सनमा समेत ल्याउने तयारी गरिरहेका छन् ।