Thu. Apr 25th, 2024

केहि दिन अगाडी मनोरञ्जन संसारडटकमले ‘बलिउड कलाकारले पत्याएनन् एनएफडिसी अवार्डलाई’ भनेर समाचार प्रकाशन गरे सगै निकै चर्चामा रहेको यस विषयलाई आज आयोजक समितिले बलिउड कलाकारहरु उक्त अवार्ड कार्यक्रममा नआउने प्रष्ट पारेको छ । केहि दिन अगाडी नेपालमा रहेको भारतीय दुतावासले बलिउड कलाकारलाई एनएफडिसी अवार्ड कार्यक्रममा सहभागी हुन पत्र पठाएको थियो ।

nfdc-filmybazar

त्यसपछि बलिउडका चर्चित कलाकारहरु उपस्थित हुने भन्दै निकै चर्चामा रहेको यस विषयलाई आज आयोजक समितिले बलिउड कलाकारको उपस्थिति अवार्ड कार्यक्रममा नहुने बताएको छ । तर श्रृलङ्काबाट भने चर्चित कलाकार,निर्माता तथा निर्देशकहरुको सहभागी हुने बताइएको छ । उक्त एनएफडिसी चलचित्र पुरस्कार भाद्र २१ गते काठमाडौंमा रहेको आर्मी अफिसर क्लबमा हुने छ । उक्त अवार्ड कार्यक्रमलाई निकै महत्वपुर्णका साथ हेरिएको छ । ‘दोश्रो एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’को यतिबेला धमाधम तयारी भैरहेको छ । उक्त अवार्ड कार्यक्रममा नेपाली सिनेमाका चर्चित कलाकारहरुले नृत्य प्रस्तुत गर्ने छन् ।

%d bloggers like this: