Thu. Apr 25th, 2024

भाद्र २० गते काठमाडौंको प्रज्ञा भवनमा हुन लागेको तेस्रो राष्ट्रिय लोकदोहोरी अवार्ड २०७१ को सुम्पुर्ण तयारी पुरा भएका आज काठमाडौंमा पत्रकार सम्मेलन गरि बताइएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल,उपत्यका समन्वय समितिको आयोजनामा हुन लागेको उक्त अवार्ड २१ विधामा प्रदान गरिने आयोजक समितिका अध्यक्ष शिव हमालले बताए ।program१९ विधामा प्रतिस्पर्दा रहने अवार्डमा लाइफ टाइम अभिमेन्ट अवार्ड र उत्कृष्ट सदावहार गीत,साथै पत्रकारिता पुरस्कार साथै एक जना दर्शकका गायक गरि उक्त अवार्ड २१ विधामा बाडिने छ । उक्त अवार्ड कार्यक्रमलाई एभिन्युन टिभिले प्रत्यक्ष प्रसारण गर्ने छ भने १ दर्जन भन्दा बढि एफएम स्टेसनहरुले प्रत्यक्ष प्रशारण गर्नेछन् । लोकदोहोरी गीत,संगीतमा लागेका व्यक्तिहरुलाई प्रोत्साहन स्वरुप उक्त अवार्ड वितरण गर्न लागेको अध्यक्ष हमालले बताएका छन् । कार्यक्रममा गायक बद्रि पंगिनी,पत्रकार शान्ति प्रिय लगायतका व्यक्तिले अवार्ड कार्यक्रमलाई शुभकामना दिएका थिए ।

%d bloggers like this: