Wed. Dec 7th, 2022

काठमाण्डौ । गायिका आस्था राउतले हालै सुनकोशी पिडितलाई राहत वितरण गरेकी छिन् । उनको व्यक्तिगत खातामा देश विदेशमा रहेका शुभचिन्तक बाट संकलित एक्सट्ठी हजार रुपैया सम्बन्धित पिडितलाई र पीडितका परिवारलाई प्रत्यक्ष रुपमा वितरण गरेकी हुन् । पिडित क्वाटरमा रहेका ३२ जना रातो कार्ड वाला मध्ये १५ जनाको हात हात मै र बाकिलाई आफन्तको हात मार्फत राहत वितरण गरेकी उनले बताइन् ।

10638108_10204594531165438_2027713991_n

उनले इमर्जेन्सीका कुनै पनि दैविक प्रकोप तथा घटना पर्दा आर्थिक अबस्था कमजोर भएकालाई सहयोग गर्ने उद्देश्यले संचालनमा ल्याएको बैंक खातामा १ लाख ५० हजार भन्दा बढी रकम जम्मा भएको छ । उक्त रकम मध्ये करिब ६० हजार रुपैया पश्चिमका बाढी पिडितलाई सहयोग गर्ने र बाँकी रकम इमर्जेन्सी पर्दा आर्थिक अबस्था नाजुक भएकालाई सहयोग गर्न खातामा रहने गायिका राउतले जानकारी दिइन् ।