Thu. Mar 28th, 2024

भाद्र २७ गते प्रदर्शनमा आउन लागेको चलचित्र जोशको च्यारिटी शो रोकिएको छ । सेन्सर अनुमति विनानै चलचित्र जोशको च्यारेटि गर्न लागेपछि आज सेन्सरले चलचित्रको च्यारिटी शो रोकाएको हो । आज बिहान ९ बजे ललितपुरको गुण हलमा सिनेमाको च्यारेटी गर्न लागिएको खबर पाएपछि चलचित्र सेन्सर बोर्डले गृह मन्त्रालयलाई खबर गरेको थियो । त्यसपश्चात प्रहरी चलचित्रहलमा पुगि चलचित्र जोशको च्यारिटी शो रोकाएको छ ।Captureसेन्सरको लापरवाहिका कारण चलचित्रको च्यारिटी शो रोकिएको मनोरञ्जन संसारडटकमलाई चलचित्रका निर्देशक ऋषी न्यौपानेले बताए । अहिले बजारमा चर्चामा रहको चलचित्रको ‘सिरानीमा तिम्रो तस्विर’ नामक गीतका गीतकार कमलकृष्णले यो गीत ८ बर्ष अगाडी निर्माण भएको चलचित्र ‘तगारो’ का लागी दिएको खबर पनि बाहिरिएको । तर उक्त चलचित्र भने प्रदर्शनमा आएको छैन् । उक्त गीतका कारण पनि प्राविधिक कठिनाई चलचित्रले भोग्नु परेको बताइएको छ । चलचित्र ‘जोश’ आशुतोष फिल्म प्रोडक्सनको व्यानरमा पंकज खड्काले निर्माण गरेका हुन् ।

%d bloggers like this: