Sat. Apr 20th, 2024

२६ दिन विते तर आज सम्म नायिका स्वेता खड्काको आखाँमा आसु रोकिन सकेको छैन् । सधै श्रीकृष्ण श्रेष्ठको यादमा नै उनका आखाँबाट आसु बगीरहेका छन् । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ सगँ बैबाहिक जीवनमा बाधिएको करिब ३१ दिन विते सगै नायक श्रीकृष्ण श्रेष्ठको निधन भएपछि एक्लै भएकी नायिका स्वेता खड्काले उनीहरुद्धारा अभिनित चलचित्र कोहिनूर हिजो स्वेता र उनका परिवारले हेरेका छन् ।10626597_584961991613683_1740875453033565566_nहिजो काठमाडौंको कुमारीहलमा भएको विशेष शोमा स्वेता,श्रीकृष्णका परिवार देखी राजनितिक व्यक्तिहरु सम्मले चलचित्र कोहिनूर हेरेका छन् ।कुमारीहलमा पस्नु अधि देखीनै बगिरहेका स्वेताका आसु चलचित्र चलिरहदाँ मात्र होइन चलचित्र समाप्त भएपछि पनि आखाँबाट आसु बगिरहेका थिए । चलचित्र हेरिरहदाँ श्रीकृष्णलाई भनेको शब्दहरुले स्वेताका आखाँमा आसु टिलपिल टिलपिल बगिरहेका थिए ।Sweeta-khadka-in-film-hall-8अर्थात स्वेताले चलचित्रको एक दृश्यमा ‘मैले तपाईको छोरालाई मार्न लगाएको छु,सायद यति बेला सम्म त मरिसक्यो होला’ भन्ने चलचित्रको एक सम्बादमा स्वेताले बोलेको यो शब्दले स्वेतालाई एक छिन मुर्छित समेत बनायो । बेला बेला श्रीकृष्णलाई सम्झी रोहिरहने स्वेताका आखाँमा आसु देखेर प्राय सबै भक्कानिएका थिए । चलचित्रमा प्राय अधिकाशं दृश्य वास्तविक जीवनमा समेत मेल खान गएको छ । त्यस कारण पनि स्वेताले आफ्नो मन सम्हाल्न सकेकी थिइनन् । चलचित्रमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ,नायिका स्वेता खड्काको मुख्य भुमिका रहेको छ ।1559760_584961978280351_7198340268222439620_nचलचित्रलाई श्रीकृष्ण श्रेष्ठ आफैले निर्माण गरेका हुन् । चलचित्र कोहिनूरलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । विशेष शोमामा सञ्चारमन्त्री मिनेन्द्र रिजाल,नेता बावुराम भटराई,करिष्मा मानन्धर देखी कलाकार,पत्रकार,सभासद्हरु सम्मको उपस्थिति रहेको थियो । चलचित्र हेरेपछि सम्पुर्णले निकै राम्रो चलचित्र निर्माण भएको भन्दै तारिफ गरेका थिए ।

%d bloggers like this: