Fri. Apr 19th, 2024

एक्लै प्रदर्शन हुन पाइने भो भनेर निकै हौसिएको चलचित्र लज्जा युनिट अब भने निकै त्रासमा देखिएको छ । अर्थात कात्तिक ७ गते २ नेपाली चलचित्र र १ बलिउड चलचित्र प्रदर्शन हुने भएको छ । बलिउडमा शाहरुख खानको हाप्पी न्यु इयर,नेपालीमा निरज बरालको स्टुपिड मन र निर्माता छवि ओझाको लज्जा एक साथ प्रदर्शनमा आउन लागेका हुन् । हिजो मात्र प्रदर्शन मिति छारेको चलचित्र स्टुपिड मनले भाद्र २० गतेको लागी प्रदर्शन मिति तय गरेको थियो ।lazzaस्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरमा दर्शकको क्रेज नघटेपछि चलचित्र युनिटले प्रदर्शन मिति सारेको हो । कात्तिक ७ गते यि दुई चलचित्रले महाभारतको युद्ध भन्दा कम प्रतिस्पर्दा गर्ने छैनन् । त्यसैले पनि चलचित्र लज्जाले भने अब चलचित्रको प्रमोशनमा बढि ध्यान दिएको पाइएको छ । हिजो मात्र आफु सगँ चलचित्र स्टुपिड मन भिड्न आए पछि आज चलचित्र लज्जा युनिटले एउटा र्शीष गीत सार्वजानिक गरेको छ । रामचन्द्र काफ्ले र माण्डवी त्रिपाठीको आवाजमा समावेश ‘मात लाग्यो’ बोलको गीत आज चलचित्र युनिटले सार्वजानिक गरेको हो । गीतमा नायक आर्यन सिग्देल र नायिका शिल्पा पोखरेलको रोमान्स देख्न सकिन्छ । चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन भने छविराज ओझाले चलचित्रलाई निर्माण गरेका हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=EdWD6IaFZpo&list=UUNR1KcWXj7zpWQFJtU3ddYg#t=58

%d bloggers like this: