Fri. Apr 26th, 2024

हङकङमा अक्टोबर १८ अर्थात कार्तिक १ मा नेफ्टा अवार्डका लागी रिद्धी सिद्धी ज्वेलर्सले ब्रान्ड ईन्डोर्सको रुपमा सहकार्य गर्ने भएको छ । हिजो काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषण गरिएको हो । रिद्धी सिद्धी ज्वेलर्स हङकङमा हुने नेफ्टा अवार्डको मुख्य प्रायोजक हुने छ । नेपालको तर्फबाट निर्माता सुनिल कुमार थापाको कम्पनी एस.के.थापा प्रोडक्सन र हङकङ तर्फबाट विनय शाहको संयोजकत्वमा रहेको कम्पनी ग्रेट पर्फेक्ट लिमिटेडले चलचित्र प्राविधिक संघ संग सहकार्य गरि सो अवार्ड हङकङमा हुन लागेको हो । हिजो भएको कार्यक्रममा प्रमुख अतिथि रहेका सञ्चारमन्त्री मिनेन्द्र रिजालले नेपाली कलाकारलाई प्रोत्साहन स्वरुप गर्न लागीएको उक्त अवार्डलाई शुभकामना दिदै अरु दिनमा पनि यस्ता अवार्ड कार्यक्रम आयोजना गरिरहन मन्त्री रिजालले आग्रह गरेका थिए ।

14083141IMG_0530नेपाली कलाकारलाई विदेशमा अवार्ड वितरण गरिनु निकै हौसलाको काम भएका कारण अरु दिनमा पनि कलाकारहरुलाई प्रोत्साहान गर्न अवार्ड कार्यक्रमहरु आयोजना गर्न आग्रह गर्दै सरकारको तर्फबाट यस अवार्ड कार्यक्रमलाई सक्दो साथ दिने समेत प्रतिबद्धता जनाएका थिए । त्यस्तै सोहि कार्यक्रममा बोल्दै नेपाल प्राविधिक संघका अध्यक्ष मनोज केसीले हङकङमा हुन लागेको उक्त अवार्ड कार्यक्रमलाई रिद्धी सिद्धी ज्वेलर्सले मुख्य प्रायोजकको रुपमा सहकार्य गरेको हुनाले प्राविधिक संघ निकै हौसिएको समेत बताए । उक्त अवार्ड निस्पक्ष हुने भएका कारण अरुले जतिनै यस अवार्ड प्रति टिकाटिप्पणी गरेपनि आफुहरुलाई कुनै असर नपर्ने समेत बताए । कार्यक्रममा नायक राजेश हमाल,सुनिल कुमार थापा,रिद्धी सिद्धीका सीइओ नरेन्द्र प्रसाद गुप्ता,बरिष्ट कलाकार निर शाह आदीले आफ्नो विचार व्यक्त गरेका थिए । कात्तिक १ गते हङकङमा हुने उक्त कार्यक्रममा करिब २०० जना कलाकारहरु हङकङ जाने छन् । त्यो व्यबस्था रिद्धी सिद्धी ज्वेलर्सले मिलाउने छ । यस संस्करणका लागि कुल ३४ विधामा मनोनयन सार्वजनिक गरेको छ । यस भन्दा अघि नेपाल चलचित्र प्रबिधिक संघका अध्यक्ष मनोज केसीको अध्यक्षतामा मलेसियामा नेफ्टा अवार्ड सम्पन्न भएको थियो । चलचित्रमा कार्यरत प्राविधिकहरुको हकहितमा लागी लड्दै आएकोे नेपाल चलचित्र प्रबिधिक संघले विभिन्न देशहरुमा यस अघि पनि नेफ्टा अवार्ड सम्पन्न गरिसकेको छ ।

%d bloggers like this: