Fri. Apr 26th, 2024

bibrगायक जस्टिन बीबर संगीत भन्दा पनि आफ्नो अरु काम बढि रमाउने गर्दछन् । खबरका अनुसार अब उनले आफ्नो सबैभन्दा नराम्रो लत छोडेका छन् । अर्थात उनी निकै रक्सी पिउने गर्दथे । अब उनी उक्त लतबाट टाढा हटेको बताइएको छ । हलिउडको एक वेबसाइट ‘फीमेलफर्स्ट डटकम’ का अनुसार बीबरले रक्सी पिएर धेरै नराम्रो घटनाहरु घटाएका छन् जसका कारण उनलाई आफ्नो करियरमा समेत धेरै असर पुगेको थियो । त्यहि कारणले पनि बीबर अब पुर्णरुपमा रक्सी सेवनबाट टाढा हटेका छन् । अब उनी स्वास्थ जीवनशैली जिउन चाहेको बताइएको छ । रक्सी सेवन गरेकै कारणले उनका फ्यानहरुमा पनि कमी आएका छन् । अहिले पनि उनको मुद्धा अदालतमा विचाराधिन रहेको छ ।

%d bloggers like this: