Fri. Apr 26th, 2024

ffffffffffffffffffचलचित्र ‘जिन्दगी रक्स’को ओरिजिनल साउण्ड ट्रयाक सार्वजनिक भएको छ । ‘लखर लखर’ बोलको उक्त गीतमा सुगम पोखरेलको स्वर र संगीत रहेको छ । चलचित्रका प्रायः कलाकार यो गीतमा देखिएका छन् । चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्रको रिलिज मिति भने तय भएको छैन । चलचित्रमा प्रकृति श्रेष्ठ, अकेशा बिष्ट, सोनम पाख्रिन लगाएतका कलाकारको अभिनय रहेको छ । निर्माता सुजता श्रेष्ठ हुन् । हरि हुमागाईँले छायांकन गरेको ‘जिन्दगी रक्स’लाई निशान घिमिरेले सम्पादन गरेका छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

http://www.youtube.com/watch?v=L3EptHMYoMQ#t=18

%d bloggers like this: