Fri. Apr 19th, 2024

मंसिर ५ गते देखी अलनेपाल रिलिजको तयारिमा रहेको चलचित्र ‘श्री ५ अम्बरे’ को अहिले बजारमा गीत,संगीतले राम्रै चर्चा बटुल्दै गएको छ । पछिल्लो समय सुस्ताइरहेको चलचित्रको व्यापारमा श्री ५ अम्बरेले नयाँ स्वाद दर्शकलाई दिने धेरैले विस्वास लिएका छन् । ‘आखै अघि जल्यो’ ‘यो मनमा हमेसा’ नामक गीतले यति बेला बजारमा राम्रो चर्चा बटुल्दै गएको चलचित्रकी निर्देशक दिपा बस्नेतले बताएकी छिन् । केहि दिन अगाडी मात्र सेन्सर बोर्डबाट पीजी सर्टिफिकेट पाएको चलचित्र श्री ५ अम्बरेलाई हेर्न १६ बर्ष तलका बालबालिकाले आमाबुबाको साथमा मात्र हेर्न पाउने छन् ।

Ambareनिर्देशक दिपाका अनुसार चलचित्र श्री ५ अम्बरेलाई सेन्सर बोर्डका सदस्यहरुले पनि निकै मनपराएका बताइन् । समाजमा रहेको राजा बन्न चाहने एक पात्रको कथामा आधारित भएर चलचित्र निर्माण भएको बताइएको छ । चलचित्रमा बसन्त सापकोटा, कालीप्रसाद बास्कोटा, बाबु बोगटी तथा यम बुद्धको संगीत छ । जीवनसाथी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमामा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की लगायतका कलाकारको अभिनय छ । चलचित्रमा सौगात मल्ल राजाको भुमिकामा देखिएका छन् । चन्दन दत्तको सम्पादन, गणेश श्रेष्ठको छायांकन रहेको सिनेमालाई टीएन आचार्य र दीपक आचार्यले निर्माण गरेका हुन् । चलचित्रलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् ।

%d bloggers like this: