Thu. Aug 18th, 2022

नेपाली सिनेनगरिमा चर्चित चलचित्र दिइसकेका निर्माता सुनिल रावलको केहि बर्ष अगाडी मात्र प्रदर्शनमा आएको चलचित्र होस्टलको सफलता पछि उनले ‘होस्टेल रिटर्न्स’ बनाउन लागेका हुन् । आज काठमाडौंको कमलादीको गणेशथान मन्दिरमा चलचित्र होस्टेल रिटर्न्स’को शुभमुहूर्त गरि चलचित्रको असोज २१ गते देखी छायंकन सुरु गरिने निर्माता सुनिल रावलले बताए ।

10639734_840123632688472_2841544000734959329_nचलचित्रका निर्माता रावल र निर्देशक सुरज भुषालले संयुक्त रुपमा ‘होस्टेल रिटर्न्स’ लेखिएको फोटोमा ‘क्ल्याप’ ठोकेर चलचित्रको शुभमुहूर्त गरेका थिए । शुभमुहुर्त समारोहमा बोल्दै निर्माता सुनिल रावलले ‘सायद’ र’ होस्टेल’ चलचित्रलाई आम दर्शकले निकै मनपराइदिनु भयो त्यसैले दर्शक माझ ‘होस्टेल रिटर्न्स’ लिएर आउदै छु’- ‘म विस्वस्त छु चलचित्र ‘होस्टेल रिटर्न्स’ लाई पनि मनपराइदिनु हुने छ भन्नेमा !’

10455099_840111502689685_6654280355482861230_n‘अहिले सम्म निर्माण गरेको चलचित्र भन्दा पनि उत्कृष्ट बनाउने प्रयास गर्नेछु निर्माता रावलले भने ।’ असोज २१ बाट बुटवलमा छायांकन गरिने यस चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, निर्मल शर्मा, सुदाम सिके, प्रदीपकुमार चौधरी, इभास जोशी र रमेश श्रेष्ठ कलाकार रहेका छन् । चलचित्र होस्टेलका कुनै पनि कलाकार चलचित्र ‘होस्टेल रिटर्न्स’ मा देखिएका छैनन् । निर्माता रावलले चलचित्र ‘होस्टेल रिटर्न्स’ मा सम्पुर्ण नयाँ कलाकार भित्राएका छन् । चलचित्र निर्देशक सुरजसुब्बा नाल्बो, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय, कलाकार केशव भट्टराई, निर्मल शर्मा लगायतले चलचित्र राम्रो बनोस भन्दै शुभकामना दिएका थिए । होस्टेलको जीवनशैली, मित्रता र प्रेमको कथा पेश गर्ने यस चलचित्रमामा स्याडोज ब्यान्डका गायक स्वप्नील शर्माको संगीत हुनेछ । चलचित्रमा चन्द्र पन्तको द्वन्द्व रहने छ ।