Fri. Apr 19th, 2024

पछिल्लो समयमा निकै व्यस्त नायिका रुपमा परिचित आर्यन सिग्देलले अर्को चलचित्र अलविदाको छायंकन पनि सकाएका छन् । चलचित्र आवेगको छायंकनको क्रममा घुडाँमा चोट लागेपछि अप्रेसन गर्नु पर्छ भनेर डाक्टरले सल्लाह दिए पनि चलचित्र अलविदाको छायंकन सकाएपछि मात्र घुडाँको अप्रेसन गर्ने भनेर बसेका आर्यनलले अब दशैं सकिए लगत्तै आफ्नो घुडाँको अप्रेसन गर्ने बताएका छन् ।

alvida५० दिनको लामो छायंकन पछि हिजो मात्र चलचित्र अलविदाको छायंकन सकिएको हो । सिराहा, जनकपुर र काठमाण्डौका स्थानमा छायंकन भएको चलचित्र अलविदाको हिजोबाट सम्पुर्ण छायंकन कार्य सकिएको चलचित्रका कलाकार तथा निर्माता हसन खानले बताए । चलचित्रको अरु बाँकी कार्य समाप्त नभएपनि पौष २५ गते अलनेपाल रिलिज हुने भनिएको चलचित्र अलविदामा हसन खान,आर्यन सिग्देल,अनिता आचार्य र नागेन्द्र रिजालको मुख्य भूमिका रहेको छ । लक्ष्मण रिजालले निर्देशन गरेको चलचित्र अलविदाले मुस्लिम र हिन्दू समुदायको कथा समेटेको बताइएको छ । एचआरके प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको यस चलचित्र कुल ७५ लाखको लगानीमा निर्माण भएको हो । चलचित्र अलविदामा फिल्ममा अष्ट महर्जनको द्धन्दनिर्देशन, रमेश्वर कार्कीको छायाँकन तथा विपिन मल्लको सम्पादन छ ।

%d bloggers like this: