Tue. Apr 23rd, 2024

उनीहरु आफ्नो लागि नयाँ घर सजाउन जुटिरहेको बताइएको छ । उनीहरुलाई कैयौंपटक उनीहरु बजारमा सामान किनिरहेको अवस्थामा भेटिएका छन् । अनौठो खबर त यो छ कि उनीहरुको सम्बन्ध टुट्न लागेको बारेमा पनि खबर सार्वजनिक भएको थियो । विशेष स्रोतका अनुसार रणवीर र कैटरीना गएका हप्तामा एक फर्निसिंग स्टोरमा सामान किनिरहेको बेला देखिएका थिए ।

katrina-ranbir-7यसभन्दा अघि पनि उनीहरु सामान किन्दै गर्दा भेटिएका छन् । यति मात्र होइन, हालै उनीहरु आर्किटेक्ट अफिसमा पनि भेटिएको खबर पनि सार्वजनिक भएको थियो । तर, रणवीरले विवाह भएपनि आफ्नो बाबुआमाको साथ नछोड्ने स्पष्ट पारिसकेका छन् । केही अघि कैटरीना कैफ रणवीरसँग छिटोभन्दा छिटो विवाह गर्न चाहन्छिन भन्ने खबर सार्वजनिक भएको थियो । तर रणवीर यसका लागि तयार भएका थिएनन् । रणवीरकी आमा नीतू सिंह अहिले यो सम्बन्धलाई लिएर खुसी छैनन् । कतिपयले रणवीर आफ्नो आमाको विरुद्धमा जान नसक्ने दावी समेत गरेका छन् ।

%d bloggers like this: