Thu. Apr 25th, 2024

संसारमै पहिलो पटक ८ बर्षे बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबा अब मंसिर २६ गते अलनेपाल रिलिज हुने भएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र लब यू बाबाको लष्ट लुक पोष्टर,चलचित्रको दुई वटा र्शीष गीत र प्रदर्शन मिति सार्वजनिक गरिएको थियो । निर्माता संघका अध्यक्ष राज कुमार राई र चलचित्रका चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले चलचित्रको दुई वटा फष्ट लुक पोष्टर र चलचित्रको दुई वटा गीत सार्वजनिक गरेका हुन् । एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाब हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष लार्इ को कथालाई चलचित्रले समेटेको बताइएको छ ।

1374800_921382404558217_3046746584895105407_nचलचित्रमा गजित बिष्ट,संगम बिस्ट,निश्मा घिमिरे,अशिश्मा नकर्मी,बसन्त भट्ट,निर्मल शर्मा आदिको मुख्य भुमिका रहेको छ । गजित बिस्टको कथा र चलचित्रमा गम्भीर बिस्टले पटकथा तथा संबाद रहेको छ । चलचित्र लब यू बाबालाई दिव्यराज सुबेदीले खिचेको हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन,सत्य स्वरूप,डेनी निरौला,दिपक शर्मा,र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् । चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय रहेका छन् भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथी भुमीकामा देखा परेका छन् । त्यस्तै कलाकार अनु शाहले पनि चलचित्र लब यू बाबामा अतिथी भुमिकामा देखिएकी छिन् । चलचित्र प्रदर्शनमा आएपछि सैगातले बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने सुर रहेको चलचित्रका कलाकार तथा ८ बर्षिय बालक सौगात विष्टका बावु गजित विष्टले बताए । यो भन्दा पहिलेको रेकर्ड ९ बर्षे बालकको नाममा रहेको छ।

%d bloggers like this: