Fri. Apr 26th, 2024

नेपाली चलचित्रक्षेत्रमा काम गर्ने प्राविधिकहरुको छाता संगठन नेपाल प्राविधिक संघ ‘नेफ्टा’ को आयोजनामा कात्तिक ३ गते हङकङमा हुन लागेको ‘सातौं नेफ्टा फिल्म अवार्ड’ बाट नेपाली चलचित्रकी चर्चित नायिका करिश्मा मानन्धरलाई सदाबहार नायिकाको उपाधि दिने निर्णय गरेको छ । केहि दिन अगाडी मात्र बसेको नेफ्टा बैठकमा एक अभिनेत्रीलाई विशिष्ट प्रकारको उपाधि दिने भनेर निर्णय गरेको थियो । अब उक्त विशिष्ट उपाधि नायिका करिष्मा मानन्धरले पाउने भएकी छिन् । उनलाई उक्त कार्यक्रमबाट सदाबहार नायिकाको उपाधि दिइदै छ । नेपाली चलचित्रमा करिब १०० भन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी नायिका करिश्मा मानन्धरलाई नेपाली चलचित्रमा निरन्तर रुपमा लागिपरेकी भन्दै नेफ्टाले उक्त उपाधि दिन खोजेको हो ।

karismaयस भन्दा अघि नायक राजेश हमाललाई महानायक र कलाकार निर शाहलाई अभिनय शिरोमणीको उपाधि दिइएको थियो । कात्तिक १ गते हुने भनिएको उक्त अवार्ड कार्यक्रम २ दिन पर सर्दै कात्तिक ३ गते हङकङ स्थित पाँच तारे होटल विपि ईन्टरन्याशनलमा हुने भएको छ । सातौँ संस्करणको नेफ्टा अवार्डको अनुमानित बजेट २ करोड प्लस भनिएको छ । नेफ्टासंग सहकार्य गर्दै निर्माता सुनील कुमार थापाको कम्पनी एस.के. थापा प्रोडक्सन र हङकङ स्थित विनय शाहको कम्पनी ग्रेट पर्फेक्ट लिमिटेडले यस पटक हङकङमा बृहत शैलीमा अवार्ड गर्न लागेको हो । उक्त अवार्ड समारोह राष्ट्रिय गानबाट सुरु हुदै स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसंग सम्बन्धीत गीत संगीत विशेष रुपमा प्रस्तुत गरिने छ भने स्टेजमा राजेश हमालले मार्मिक कविता बाचन गरेर सुनाउनेछन् । हमालले बाचन गर्ने कवितालाई गीतकार बाबुराम दाहालले तयार गर्ने छन् । हमालले कविता बाचन गर्दा स्टेजका भित्ताहरुमा श्रीकृष्णका तस्बिरहरु कुदाईनेछ । यस्तै अवार्ड समारोहमा विभिन्न कलाकारहरुले उद्घोषण गर्ने छन् मुख्य उद्घोषक भएर अभिनेत्री ऋचा शर्मा र अभिनेता सन्दीप छेत्री देखिनेछन् ।

%d bloggers like this: