Fri. Mar 29th, 2024

पछिल्लो समयमा काठमाडौं केन्द्रित भएर चलचित्र निर्माण र शुभमुहुर्त हुने गरेको अबस्थामा अब चितवनमा राजु अधिकारीको कथा एवम निर्देशन रहने चलचित्र ‘मोडल’ निर्माण हुने भएको छ । शनिबार चितवनस्थित क्यान्सर अस्पतालको सभाहलमा चलचित्रको शुभमुहुर्त गरिएको छ । चलचित्रका नायक अमिर गौतमले फस्ट सट दिई शुभमुहुर्त गरेका थिए । कलाकार मिलन लामा गालेको प्रस्तुती एवं गायक भुवन प्यासी कार्यकारी निर्माता रहेको चलचित्रमा नव नायिकाको रुपमा चितवनकी मोडल बर्षा पौडेल डेब्यू गर्दै छिन् ।
modelफिल्म भित्रको फिल्मलाई मुख्य कथावस्तु बनाएर बनाउन लागिएको चलचित्रमा मौनता श्रेष्ठको पटकथा रहेको छ । दिनेश गौतमको संगीत रहेको चलचित्रमा चितवनको ७० प्रतिशत दृश्य र बाकी काठमाडौ र पोखरामा सुटिड्ड गरिने निर्देशक राजु अधिकारीले बताए । ४० लाखको लागतमा निर्माण लागिएको चलचित्रको छायाकंन आगमी दशै पछि गरिने बताइएको छ । चलचित्रलाई रवि कोईरालाले खिच्नेछन् । शुभ मुहुर्त कार्यक्रममा निर्माता हरि बराल र योगेश हमालका साथै मिलन लामा,निर्देशक राजु अधिकारी, चलचित्र पत्रकार संघ चितवनका अध्यक्ष रवि अधिकारी, चलचित्र पत्रकार संघका गोविन्द अर्याल, मौनता श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

%d bloggers like this: