Fri. Mar 29th, 2024

बलिउड अभिनेत्री कैटरीना कैफलाई बलिउड रजतपटमा बलिउडस्टार सलमान खानले नै भित्राएका थिए । त्यसपश्चात निकै नजिकका जोडि बनेका सलमान र कैटरीना पछि एका एक टाढा टाढा बन्दै गए । उनीहरु विच प्रेम सम्बन्ध पनि थियो तर सलमानको केहि नराम्रा बानीका कारण कैटरीनाले सलमानलाई छोडेकी थिइन् । त्यसपछि बलिउड अभिनेता रणवीर कपुर सगँ प्रेम सम्बन्ध रहिरहेको कैटरीनाले आजकाल प्राय सलमानलाई फोन गर्ने गरेको कुरा कैटरीनाले नै सार्वजनिक गरेपछि यति बेला बलिउडमा हंगामा चलेको छ ।

salman-katrina-jul12कैटरीना अहिले प्रदर्शनमा आउन लागेको चलचित्र बैंग बैंगलाई लिएर निकै चिन्तत हुने गरेकी छिन् त्यसैले कैटरीना दिन विराएर सलमान खानलाई फोन गर्ने गरेको बताएकी छिन् । उनले भनेकी छिन् म दुई दिनमा एक चोटी सलमानलाई फोन गर्छु,सलमानलाई फोन गरेपछि मेरो सब टेन्सन हराउछ कैटरीनाले भनिन् । यसरी सलमानको तारिफ सगैं सलमानलाई फोन गर्छु भनेर कैटरीनाले भने पछि यति बेला धेरैले धेरै थरीको विश्लेषण गर्न थालेका छन् । कतै उनीहरु विच पुरानै सम्बन्ध त रहने होइन ?

%d bloggers like this: