Fri. Mar 29th, 2024

IMG_0003एक पछि अर्को गर्दै नेपालीसिनेनगरिमा चलचित्र निर्माण हुने क्रममा बढ्दै गएको अबस्थामा अर्को चलचित्र वास्तव निर्माण हुने भएको छ । आज राजधानीमा एक कार्यक्रम आयोजना गरि चलचित्र वास्तव निर्माणको घोषणा गरिएको हो । सामाजिक कथा र व्यथामा आधारित रहेर निर्माण हुने लागेको चलचित्र वास्तवलाई निरज घिमिरेले निर्देशन गर्ने छन् । हेटौडा , पोखरा , मुडे र काठमाडौं आदी स्थानमा छायांकन गरिने चलचित्र वास्तवमा बिरेन डि.सी , आयुष रिजाल , नायिका गरिमा पन्त ,उत्तम खड्का , सुनिल दत्त पाण्डे लगायतकाको अभिनय रहने छ । चलचित्रमा टंक बुढाथोकी र मनोज राज भण्डारीको संगीत रहेको छ । ४ वटा गीत रहने उक्त चलचित्रमा एउटा आईटम गित रहेका छन् । चलचित्रलाई पवन गौतमको खिच्नेछन् भने चलचित्रमा हिमाल के.सी.को द्धन्द्ध रहने छ । आइशा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रलाई सविना राई र राजकुमार खड्काले लगानी गर्नेछन् ।

%d bloggers like this: