Thu. Apr 25th, 2024

पछिल्लो समय नेपाली चलचित्रनगरिमा विभिन्न विषयवस्तुहरुलाई केन्द्रिविन्दु बनाउदै चलचित्र निर्माण हुने क्रममा बढ्दै गएको अबस्थामा अब फेरी अपाङता भएका व्यक्तिहरुको विषयमा चलचित्र तमस निर्माण हुने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरि चलचित्र तमस निर्माण हुने घोषणा गरिएको छ । साथै चलचित्रको ३ वटा अडियो गीत पनि रिलिज गरिएको छ । चर्चित नायक भुवन केसीको प्रमुख आतिथ्यतामा चलचित्रको निर्माण घोषणा साथै चलचित्रको तीनवटै गीतको अडियो रिलिज गरिएको थियो ।

IMG_0014म माया गर्छु,हे दैव यो,तिम्रो माया नामक अडियो गीत रिलिज गरिएको हो । अपाङताको समाजिक यथार्थता,संधर्ष तथा मनोसंघर्ष जस्ता कुरालाई चलचित्रले देखाउन खोज्ने बताइएको छ । कार्यक्रममा बोल्दै नायक भुवन केसीले चलचित्र तमसले नेपाली समाजमा एउटा अपागंता भएका व्यक्तिले पनि धेरै काम गर्न सक्छन् भन्ने उदारण दिने बताए । यस्ता चलचित्रले अपागंता भएका व्यक्तिलाई प्रोसाहान गर्ने बताउदै चलचित्र निर्माणको शुभकामना पनि दिएका थिए । त्यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले पनि चलचित्रले नेपाली समाजमा राम्रो सन्देश दिने बताउदै चलचित्र निर्माणका लागी शुभकामना व्यक्त गरे । चलचित्रलाई प्रकाश बस्नेतले निर्देशन गर्नेछन् । चलचित्रमा राजीन श्री आचार्य र भावना मल्ल,शौनक शिवाकोटी,राजीव सेढाई,इराधा सुवेदी,युनिशा कटुवाल,सुमित झा आदी कलाकारहरुको मुख्य भुमिका रहने छ । चलचित्रलाई सविन शिवाकोटीले निर्माण गर्न लागेका हुन् । चलचित्र काठमाडौं आसपासमा छायंकन हुने छ भने चलचित्र कुल ४० लाखको लगानीमा निर्माण हुने बताइएको छ । चलचित्र असोज १९ गते देखी छायंकन सुरु हुने चलचित्रका मुख्य सहायक निर्देशक केशर जंग थापाले बताए ।

%d bloggers like this: