Thu. Apr 25th, 2024

namrata shresकाठमाडौ । पछिल्लो समय व्यस्त नायिकाको रुपमा चिनिदै आएकी नायिका नम्रता श्रेष्ठ अब दर्शकमाझ गीत प्रस्तुत गर्ने भएकी छिन् । पछिल्लो पटक प्रदर्शनमा आएका केहि चलचित्रले राम्रो व्यापार गर्न छोडेपनि चलचित्रक्षेत्रमा केहि सुस्ताएकी नम्रता अब दर्शकका माझ गीत गाउने भएकी छिन् । तर नम्रताले अहिले सम्म गीत गाएकी भने छैनन् ।गतसाता पोखरामा स्टेज तताएकी गायिका नम्रता श्रेष्ठले आज काठमाडौंको बसन्तपुरमा गीत गाएर दर्शकलाई मनोरञ्जन दिने भएकी छिन् । ताण्डब हिरो लाउरे र गिरिश खतिवडाको साथमा नम्रताले गीत गाउने छिन् । हाइली हाइ र भुटु इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कार्यक्रममा ‘बि बोइङ’ डान्स पनि दर्शकले हेर्न पाउने भएका छन् ।

%d bloggers like this: