Wed. Apr 24th, 2024

नेपाली सिनेनगरिमा करिब १०० भन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी नायिका झरना थापा अब मैथिली फिल्ममा पनि अभिनय गर्ने पक्का भएकी छिन । ओस्कार अवार्डमा छनोट हुने लक्ष्यका साथ नायिका झरना थापाले मैथिली फिल्ममा डेब्यु गरेकी छिन्। मञ्जिता सिने क्रिएसन प्रालि विराटनगरको ब्यानरमा निर्माण हुन लागेको ‘अपन देश नेपाल’ र ‘माँ क दर्द’ नामक दुई मैथिली फिल्ममा झरना नायिकाको रुपमा दखिदै छिन् ।

jhaविराटनगरमा आयोजित कार्यक्रममा उक्त दुवै फिल्मको शुभ( मुहूर्त गरिएको छ । उनले उक्त दुवै फिल्मलाई ओस्कर अवार्डसम्म पुर्‍याउने लक्ष्यका साथ अभिनय गर्ने तयारी गरेको झरनाले बताएकी छिन् । झरनाले यस अघि ‘दिदी तोहर देवर दिवाना’ नामक भोजपुरी फिल्ममा समेत अभिनय गरिसकेकी छन्। उक्त फिल्म सुपरहिट भएको थियो। सामाजिक र देशभक्तिले भरिएको कथावस्तु भएको दुवै फिल्ममा झरनालाई नायकको रूपमा विजय कामतले साथ दिनेछन्। दुई चलचित्रलाई राजु चौधरीले निर्देशन गर्नेछन् भने निर्मातामा राजमणि चौधरी, विजय कामत र भरत ठाकुर रहेका छन्। चलचित्रको छायंकन मोरङ, सुनसरी, सप्तरी र सिरहा लगायत क्षेत्रमा हुने बताइएको छ । दुई चलचित्रको छायंकन चार महिनामा सकाइने बताइएको छ ।

%d bloggers like this: