Wed. Apr 24th, 2024

480762_1502738493301136_8804768946564200880_nदशैंको मुखमा नै अलनेपाल रिलिज भएको चलचित्र दानवले सोलो रिलिज गर्ने मौका पाएको छ । अभिनेता तथा पहिलो पटक चलचित्र निर्देशन गरेका दिनेश शर्माले चलचित्र  दानवलाई आफैले निर्देशन गरेका हुन् । चलचित्र दानवमा दिनेश शर्माको मुख्य भुमिका रहेको छ । बिहिबार देखी मोफसलमा प्रदर्शन सुरु गरेको चलचित्र दानवले शुक्रबारबाट भने राजधानीमा पनि प्रदर्शन आरम्भ गरेको चलचित्रका वितरक करण क्रेजीले बताए । चलचित्र दानवले समाजका खराब र असल चरित्रबीचको लडाईलाई मुख्य केन्द्रविन्दु बनाएको छ । स्क्रिप्ट समेत आफैले कोरेका कलाकार दिनेश शर्माले चलचित्र पुर्णतया मनोरञ्जनात्मक रहेको बताएका छन् । चलचित्रमा दिनेश शर्मा,महिमा सिलवाल,सगुन श्रेष्ठ,सुवास कार्कीको मुख्य भुमिका रहेको छ ।

%d bloggers like this: