Sat. Apr 20th, 2024

प्रयत्न गरे असम्भव के हुन्छ र ? ४८ वर्षको उमेरमा पनि अनुशासन, धैर्यता र मेहनतका कारण बलिउड स्टार साहरुख खानले यसलाई सम्भव बनाएका छन् । फिल्म ह्याप्पी न्यू इयरमा खान ‘एट प्याक एब्स’सहित हाजिर हुनेछन् । यसअघि चलचित्र ओम शान्ति ओमका लागि सेभन प्याक बनाएका खानले कडा मेहनतले एट प्याक सम्भव बनाएका हुन् । प्रशिक्षक प्रशान्त सावन्तको रेखदेखमा शारीरिक अभ्यास गरी साहरुखले विगत दुई वर्षदेखिको मेहनतमा यस्तो शरीर बनाएका हुन् ।

bollywoodप्रशिक्षक सावन्तले उपयुक्त ट्रेनिङ र धैर्यता अपनाएर साहरुखले यस्तो बढी बनाउन सकेको बताए । तर साहरुखले अलि छिट्टै यस्तो गर्न सक्नेको उनको दावी छ । उनी भन्छन्, ‘साहरुखको ज्यान एथलेटको जस्तै छ । उनको अभ्यासन र डाइटमा मैले पछिल्लोपटक केही फेरबदल गरिदिएँ, जसलाई उनले अनुशासित भएर अक्षरशः पालना गरे । त्यही भएर अरुलाई एक वर्ष लाग्न सक्ने काम उनले ६ महिनामै सके ।’ राति दुई बजे उठेर प्रतिदिन एक घन्टा २० मिनेट अभ्यास गर्ने साहरुखले हप्तामो ५ दिन अभ्यास गर्ने गर्दछन् ।

%d bloggers like this: