Fri. Apr 26th, 2024

सायद पहिलो पटक आज काठमाडौंमा नयाँ दृश्य देखियो,एउटा एल्बम विमोचन सभामा तिन दलका मुख्य नेता उपस्थिति भएका थिए । र एक साथ तिन दलका मुख्य नेताहरुले एल्बम विमोचन पनि गरे । प्रसंग हो नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको दोश्रो एल्बम ‘स्मिता २’को बिमोचन सभाको,जहाँ तिन दलका मुख्य नेताहरु उपस्थिित भएका थिए । राजनितिक प्रचारबाजी गर्ने नेताहरु एक छिन् एल्बम विमोचन सभामा भाब विभोल पनि भए किनकी उक्त सभामा प्रचण्डले जनयुद्धका दुखहरु र आफ्नी छोरी ज्ञानु दाहाललाई गुमाउदाँका पिडा प्रचण्डले जब रोएर सुनाई तब सांगीतिक माहोल एक छिन् भाब विभोल भयो । स्टेजमै बसेकी प्रचण्डकी श्रीमती सिता दाहाल प्रचण्डले उक्त कुराहरु भनी रहदाँ बारबार रोइरहिन् । र उक्त रुवाइलाई प्रचण्डले फेरी हाँसोमा बदले प्रचण्डले आफ्नी श्रीमती सिता दाहाल राम्रो गीत गाउने भन्दै तारिफ गरेपछि उक्त विमोचन सभा एका एक हाँसोमा बदलियो र हाँस्न मन नलाग्दा नलाग्दै सिता पनि हाँस्न बाध्य भइन् । र आफ्नी नातिनी स्मिता दाहालको दोश्रो एल्बम ‘स्मिता २’को बारेमा बोल्दै प्रचण्डले स्मिता सानै देखी राम्रो गीत गाउने गरेकी बताउदै उनका हरेक गीतका भाकाहरुमा मनछुने भाब भेटिने पनि बताए । निधन भएकी आफ्नी छोरी ज्ञानु दाहाललाई समर्पित गीत भएका कारण पनि प्रचण्डले स्मितालाई एल्बमको शुभकामना पनि दिए ।

parत्यहि क्रममा एल्बम विमोचन सभामा पुगेका नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, एकिकृत नेकपा माओवादीका उपाध्यक्षद्धय डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि स्मितालाई एल्बमको लागी शुभकामना दिएका थिए । स्मिताको ‘स्मिता २’ एल्बममा ५ वटा गीत समावेश छन् । डाक्टर कृष्णहरी बराल, डाक्टर भोला रिजाल, आनन्द अधिकारी, चेतन सापकोटा, रेमशराज भट्टराइको एल्बमका गीतमा शब्द छ । एल्बममा समावेश गीतमा सुरेश गैरे, बसन्त सापकोटा, शिखर सन्तोष, चेतन सापकोटा र रमेशराज भट्टराइले संगीत भरेका छन् । कार्यक्रममा गायिका दाहालले २ वटा गीत प्रत्यक्ष गाएर सुनाएकी थिइन् । यो एल्बममा ‘बिगार्दैन कसैको केही’, ‘आँखा किन झुक्न थाल्यो’, ‘दिलको आँखीझ्याल’, ‘पराइको भयौ तिमी’, ‘प्रिय तिम्रो हृदयमा’ बोलका गीतहरु छन् । भाइव्यस क्रियशनले बजारमा ल्याएको एल्बममा समावेश एक गीतको म्यूजिक भिडियो पनि कार्यक्रममा सार्वजनिक गरियो ।

%d bloggers like this: