Tue. Apr 16th, 2024

निर्माता बाट निर्देशक बनेका मुनाल घिमिरेको चलचित्र ‘इच्छा’को डबिङ् कार्य सकिएको छ । दाङ्, भैरहवा, काठमाण्डौ, धुलिखेल लगाएतका स्थानमा छायांकन सम्पन्न भएको चलचित्र इच्छा ‘कमेडी लभ स्टोरी’ मा निर्माण भएको चलचित्रका निर्देशक मुनाल घिमिरेले बताए ।

kkचलचित्रमा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । ‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको छ । गम्भिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ। चलचित्र ‘इच्छा’ माघ २ गते अलनेपाल रिलिजको तयारीमा रहेको छ ।

%d bloggers like this: