Thu. Apr 18th, 2024

कुनै समय नेपाली चलचित्रमा एकलौटी राज गरेका नायक निखिल उप्रेती करिब ३ बर्ष पछि पहिलो पटक निर्माण, निर्देशन एवं अभिनयमा पर्खिएका छन् । नेपाली कथानक चलचित्र ‘भैरव’ लिएर । केहि दिन अगाडी नायिकाको प्रस्ताब बोकेर रेखा थापाको निवास पुगेका निखिलले नायिका अनु शाहलाई मुख्य भुमिकामा देखाउने भएका छन् । करिब १० बर्ष सम्म रेखा थापा सगँ पानीबाराबारको अबस्थामा रहेका निखिलले नायिकाको प्रस्ताब बोकेर रेखा थापाको निवासमा पुग्नुलाई धेरैले धेरै तरिकाबाट ब्याख्या गरेका थिए । तर रेखा चलचित्र खेल्नमा खासै रुचि नदेखाए पछि निखिल उप्रेतीले नायिका अनु शाहलाई मुख्य भुमिका अर्थात नायिकाको रुपमा देखाउन थालेका हुन् ।

anu....nikhil.........rekhaबुझ्नमा आए अनुसार रेखाको रिसलाई अब अनुले तोड्ने छिन् । किनकी रेखा चलचित्र ‘भैरव’मा एउटा आइटम गीतमा रहने छिन् भने पुरा चलचित्रमा भने अनु देखिने छिन् । त्यस कारण पनि चलचित्र ‘भैरव’मा नायिका रेखाको स्थान भने अनु शाह पछि रहने छ । तर निखिलले भनेका छन् ‘रेखाको उक्त आइटम डान्सले पनि चलचित्रलाई ठुलो न्यान पुग्ने छ ।’ यसरी पछिल्लो समय निखिल रेखाको तारिफ गर्न भने पछि परेका छैनन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने तस्करी र नेपाल प्रहरीको भूमिकालाई चलचित्र भैरवमा देखाउन खोजिएको निखिलले बताएका छन् । सर्लाहीको वोर्डर क्षेत्रमा छायंकन हुन लागेको चलचित्र ‘भैरव’ अब यस साता भित्रमा नै छायंनकनमा जाने बताइएको छ ।

%d bloggers like this: