Fri. Apr 26th, 2024

भाद्र २० गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र स्टूपिड मन अब सर्ने लगभग अन्तिम तयारीमा पुगेको छ । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरमा दर्शकको क्रेज अझै पनि नघटेपछि कोहिनूरले स्टूपिड मन लाई समेत असर गर्ने देखिए लगत्तै निर्माता तथा कलाकार निरज बरालले चलाखीपन अपनाएका छन् । अर्थात स्टुपिड मन लाई दर्शकको क्रेजमा पार्नका लागी निरजले कात्तिक ७ गतेका लागी मिति सार्न सक्ने बताइएको छ । तर उनलाई कात्तिक ७ गते पनि राम्रो लक्षण भने छैन् किनकी कात्तिक ७ गते चर्चित निर्माता छविराज ओझाको चलचित्र लज्जा प्रदर्शनमा आउदै छ ।

Untitled-1निरजले चलाखीपन अपनायपछि उता छविले पनि स्टुपिड मन सोहि मितिमा ल्याउन नदिन अर्को चलाखीपन अपनाएका छन् । त्यो हो छविले  चलचित्र निर्माता संघ र हलसञ्चालकहरुको छाता संगठन चलचित्र संघलाई सोहि मितिमा अरु कुनै पनि चलचित्र प्रदर्शन नल्याइदिन आग्रह स्वरुप पत्र पठाएका छन् । उता भाद्र २० गते बिर्खेलाई चिन्छस सगँ प्रदर्शन मिति तय गरेको चलचित्र स्टुपिड मनले मिति सार्ने देखिए सगै बिर्खेलाई चिन्छस युनिट निकै हौसिएको छ । किनकी यदि भाद्र २० गते स्टुपिड मन प्रदर्शनमा नआए बिर्खेलाई चिन्छस एक्लै प्रदर्शनमा आउने छ । मिति सार्ने लगभग पक्का भएपनि मिति भने अहिले नै सारी नसकेको स्टुपिड मनका निर्माता तथा कलाकार निरज बरालले बताएका छन् । चलचित्र स्टूपिड मन निकै ठुलो लगानीमा निर्माण भएको चलचित्र हो ।

%d bloggers like this: