Thu. Apr 25th, 2024

भाद्र २७ गते देशभर प्रदर्शनमा मिति तय गरेको चलचित्र ‘पुन्टे परेड’ले फेरी मिति सारि असोज ३ गते पुराएको छ । बुझ्नमा आए अनुसार स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरले ‘पुन्टे परेड’ समेत असर पार्ने देखेपछि चलचित्र युनिटले मिति पर सारेको स्रोतले बताएको छ । भाद्र २७ गते जोश,निशानी र ‘पुन्टे परेड’ एक साथ प्रदर्शनमा आउने भएता पनि ‘पुन्टे परेड’ले मिति पर सारेपछि निशानी र जोशलाई भने केहि राहात मिलेको छ ।

IMG_9988-1आइडियाज एण्ड इमेजेज प्रा.लि.को व्यानरमा हरि महत, सुरज कोइराला र अनिल अधिकारीले फिल्ममा लगानी गरेका हुन् । संयम पुरी, एन्जिला दाहाल, निलु डोमा शेर्पा, सरोज श्रेष्ठ, नाजिर हुसेन, रविन्द्र खड्का र गीता अधिकारीको मुख्य भूमिका रहेको छ । फिल्ममा कन्सेप्ट निलु डोमा शेर्पाको रहेको छ भने यसको पटकथा तथा संवाद शान बस्न्यातले तयार पारेका हुन् । बाबु श्रेष्ठले खिचेको यस फिल्ममा तारा प्रकास लिम्बु र टेकनन्द लामाको संगीत रहेको छ ।

%d bloggers like this: