Fri. Apr 26th, 2024

बलिउड अधिक मात्रामा कमेडी फिल्ममा देखिने बलिउड कलाकार परेश रावल अब रिलमा भने नरेन्द्र मोदी बन्ने भनेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रोलमा अब परेश देखिने भएका हुन् ।  नरेन्द्र मोदीको जीवनमा आधारित चलचित्रमा परेश नरेन्द्र मोदी बन्न लागेका हुन् ।

pareshraval-020213-innerफिल्मको सुटिंग केहि दिनमा नै सुरु हुने बताइएको छ । परेश रावल यस भुमिकालाई लिएर निकै उत्साहित छन् । नरेन्द्र मोदीको जस्तो अभिनय अरु कसैले गर्न नसक्ने समेत परेशले बताएका छन् । उनले भनेका छन् ‘म नरेन्द्र मोदीको अभिनयलाई न्याय गर्ने प्रयास गर्नेछु ।’

%d bloggers like this: