Thu. Apr 25th, 2024

अचम्म लाग्न सक्छ आमाको काखमा बसी अनेकथरी कुरा गर्ने बेला,स्कुलमा साथीहरु सगँ भाडाकुडी खेल्ने बेलामा ८ बर्षका सौगात विष्ट भने आफ्नै बुबालाई एक्सन कट भनेको देख्दा सायद जो कोहिलाई पनि आश्चर्य लाग्न सक्छ । तर यो सहि र यर्थाथ पनि हो । नायक गजित विष्टका ८ बर्षिय छोरा सौगात विष्ट अहिले चलचित्र लब यु बाबा निर्देशन गर्देछन् । जसमा आफ्नै बुबाले छोराले भनेको एक्सन,कटको तालमा अभिनय गर्दैछन् । सानै उमेरमा निकै तृष्ण दिमागका सौगातले धेरै चलचित्रमा बालकलाकारको अभिनय गर्दा गर्दै चलचित्रमा के गर्नु पर्छ के गर्नु हुदैन भन्ने सबै थोक सिकेर मात्र चलचित्र लब यु बाबा निर्देशन गर्न लागेको सैगातले बताएका छन् ।

10615458_1487085004871535_2741463851832328900_n

अहिले चलचित्र लब यु बाबाको छायंकन धमाधम भइरहेको छ । लगभग चलचित्रको ८० प्रतिशत छायंकन सकिसकेको निर्देशक तथा ८ बर्षिय बालक सौगातले बताएका छन् । संगम बिष्ट, गजित बिष्ट, अशिष्मा नकर्मी, निष्मा घिमिरे, बसन्त भट्टको मुख्य भूमिका रहेको चलचित्रमा सुव्रत आचार्य,अनु शाह चलचित्रमा मुख्य भुमिकामा देखिएका छन् । पहिलो पटक ८ बर्षका बालकले निर्देशन गरेको चलचित्रमा अभिनय गरेका सबै कलाकार निकै हसिलो मुद्धामा सौगातको निर्देशन हेरिरहेका हुन्थे । अचच्म लाग्ने कुरा यो छ की सौगातले हरेक कुरालाई निकै ध्यानदिएर र्हेने गर्छन् । चलचित्र प्रदर्शनमा आएपछि सौगात गिनिज वुकमा नाम लेखाउने सुरुमा छन् ।

%d bloggers like this: