Fri. Apr 26th, 2024

पछिल्लो समय चलचित्रहरु एक आपसमा एक साथ प्रदर्शनमा आइदिदाँ चलचित्रले सोचे अनुरुपको व्यापार गर्न सकेको छैन् । २०७१ सालको सुरुवातमा केहि राम्रो लक्षण देखिएपनि त्यसपछिका दिन भने चलचित्र नगरिमा प्राय कुनै पनि चलचित्रले सोचे अनुरुपको व्यापार गर्न भने सकेका छैनन् । एकै मितिमा दुई देखी तिन वटा चलचित्र सम्म एक साथ प्रदर्शनमा आइदिदाँ चलचित्रले सोचे अनुरुपको व्यापार गर्न भने सकेको छैन् । आज देखी फेरी दुई चलचित्र एक साथ प्रदर्शनमा आएका छन् । ति हुने चलचित्र यो कथा हो तिम्रो मेरो र उत्सव । तर यि चलचित्र प्रदर्शनमा आएपनि भाद्र ६ गते देशभर प्रदर्शनमा आएका दुई चलचित्र ठुली र ताण्डव पनि यति बेला प्रदर्शन चलचित्रहलहरुमा प्रदर्शन भइरहेका छन् । त्यस्तै साउन २३ गते प्रदर्शनमा आएको स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरले पनि अहिले सम्म हल छोडेको छैन् । अरु चलचित्रहरु भन्दा चलचित्र कोहिनूरले पनि राम्रो व्यापार गरेका कारण चलचित्र कोहिनूर हलबाट नउत्रिने भएको छ । यहि बेला चलचित्र यो कथा हो तिम्रो मेरो र उत्सव प्रदर्शनमा आएका हुन् । यो अबस्थामा चलचित्र यो कथा हो तिम्रो मेरो र उत्सवले प्रयाप्त हल भने पाएका छैनन् ।
yo-katha-ho-timro-mero
यस्ता छन् आज प्रदर्शनमा आएका दुई चलचित्रहरु :
यो कथा हो तिम्रो मेरो : सामाजिक प्रेमकथामा आधारित चलचित्र यो कथा हो तिम्रो मेरो मा सुमन सिंह, रवि कार्की, रिस्ता बस्नेत, गणेश उप्रेती, रुपा राना आदिको अभिनय रहेको छ। रमेश प्रजापति र अनिल हेक्काको लगानी रहेको फिल्ममा विकास चौधरीले संगीत दिएका छन्। चार गीत संग्रहित फिल्ममा दीपक लिम्बु, रजिना रिमाल, राजेशपायल राई, मनीषा पोखरेल, शिव परियार, प्रविशा अधिकारीको स्वर समेटिएको छ। चलचित्रको गीत,संगीतले पनि यति बेला निकै राम्रो प्रतिक्रिया बटुल्दै गएको छ ।
उत्सव : चलचित्र उत्सवमा सौगात मल्ल, गौरव पहारी, सञ्जोग कोइराला,प्रकृति श्रेष्ठ र मेनुका प्रधान रहेका छन् । फिल्मलाई कुमार भट्टराईले निर्देशन गरेका हुन् भने निर्माता शेखर कोइरालाले चलचित्र उत्सवलाई निर्माण गरेका हुन्।उत्सवबाट निर्माता कोईरालाका छोरा सञ्जोगले हिरोको रुपमा डेब्यू गर्दै छन् ।

%d bloggers like this: