Fri. Apr 26th, 2024

finalकलाकारहरु राष्ट्रका गहना भनिरहने नेपाल सरकारले अब भने कलाकारहरुलाई राष्ट्रको गहना नै बनाउन थालेको छ । हिजो सञ्चार मन्त्रालयमा भएको छलफल कार्यक्रममा सञ्चार मन्त्री मिनेन्द्र रिजालले दुई स्तरमा कलाकारहरुको ग्रेडिङ गरी सरकारी परिचय पत्रको ब्यवस्था गर्ने सरकार प्रतिबद्ध रहेको बताएका छन् । त्यो मात्र नभई अब हरेक कलाकार तथा प्राविधिकको जीवनमा आधारित पुस्तक समेत सरकारी खर्चमा बनाइने सञ्चार मन्त्री मिनेन्द्र रिजालले बताए । उक्त ब्यवस्थाका लागि सञ्चार मन्त्रालयका सह- सचिव कविराज खनालको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ भने उक्त कार्यदलले एक हप्ता भित्रै काम सुरु गर्ने बताएको छ । चलचित्र निर्माता संघका अध्यक्ष  राजकुमार राईको नेतृत्वमा अभिनेत्री करिश्मा मानन्धर, शिव श्रेष्ठ,निर्देशक अकाश अधिकारी, निर्माता, सुनील कुमार थापा, बाबुराम दाहाल र सञ्चारकर्मी प्रकाश सुवेदीसंगको छलफल पछि सञ्चार मन्त्रालय उक्त प्रतिबद्धतामा सहमती भएको हो ।

%d bloggers like this: