Thu. Apr 25th, 2024

भाद्र २० गते अल नेपाल रिलिज हुन लागेको चलचित्र ‘बिर्खेलाई चिन्छस्’को प्रचारप्रसारमा कलाकार तथा निर्माता सुबास थापा कसिएर लागेका छन्  । त्यहि क्रममा आज पोखरामा चलचित्र ‘बिर्खेलाई चिन्छस्’ का कलाकार तथा निर्माता सुबास थापाले पत्रकार सम्मेलन गरि चलचित्र ‘बिर्खेलाई चिन्छस्’ ले आम नेपाली मनमुटुलाई छुने गरि निर्माण भएको दाबी गरेका छन् । कमेडी सगै चलचित्र ‘बिर्खेलाई चिन्छस्’ ले एक सन्देश पनि दिने बताएका छन् । मनोरञ्जनात्मक सिनेमा बनाएका कारण एकपटक चलचित्रहल सम्म गई चलचित्र हेरिदिन पनि सुबासले आग्रह गरेका छन् ।

subash-thapaसुबासलाई चलचित्र ‘बिर्खेलाई चिन्छस्’ मा विभिन्न भुमिकामा देख्न सकिन्छ । अराज केशवले निर्देशन गरेको चलचित्र बिर्खेलाई  चिन्छस कलाकार सुबास थापाले लगानी गरेका छन् । डी एण्ड डी मुभिजको प्रस्तुतीमा सुवास थापा निर्माता रहेको फिल्ममा सुवास सहित आयुशा राई, विनिता खडका, सुरेस उप्रेती, बालदीप राई लगायतको अभिनय रहेको छ । जगदिश्वर थापाले कथा लेखेको फिल्ममा मोहित मुनालको सँगीत रहेको छ भने निरज कँडेलको छयांकन रहेको छ । भाद्र २० गते चलचित्र ‘बिर्खेलाई चिन्छस्’ सगै अर्को चलचित्र स्टुपिड मन पनि प्रदर्शनमा आउदै छ ।

%d bloggers like this: