Thu. Apr 25th, 2024

विहान हुन्छ उसैको याद,दिउँसो हुन्छ उसैको याद,साझँ पर्छ उसैको याद हरदम हरपल उसैको यादमा तड्पनुको पिडा कम हुदैन । किनकी त्यो पिडा निकै भयानक हुन्छ । हो त्यस्तै पिडामा रुमोलिरहेकी नायिका हुन् स्वेता खड्का । अहिले उनको आखाँमा आसु भन्दा सायद अरु केहि पनि देख्न सकिन्न । न हाँसो न खुसी । उनी हरपल भनिरहन्छिन् ‘मेरो खुसी सारा भगवानले लुटि लगे ।’ असार २३ गते नेपाली सिनेनगरिका चर्चित नायक श्रीकृष्ण श्रेष्ठ सगँ बैबाहिक जीवनमा बाधिएकी नायिका स्वेता खड्का हनिमुन मनाउनका लागी भारतको सिम्ला गएका थिए । २ बर्ष सम्म बच्चा नजन्माउने भन्दै नेपालको विमानस्थलबाट भारत प्रस्तान गरेका श्रीकृष्णले आफ्नो जन्मभुमीमा फेरी पाइला टेक्न समेत पाएनन् । अर्थात हनिमुन मनाउन भारत गएको अबस्थामा उतै विरामी परेपछि भारतको एपोलो हस्पिटलमा श्रीकृष्णलाई भर्ना गरिएको थियो ।

10360694_818981301475120_5542680810265127501_n

सुरुमा फोक्सोमा पानी जमेर अस्पतालमा भर्ना गरिएको बताइए पनि उनलाई बोन क्यान्सर भएको पछि मात्र पृष्टि भएको थियो । र श्रीकृणको सोहि अस्पतालमा साउन २५ गते निधन भयो । जसको पिडा आज पनि नेपाली सिनेनगरिले खपिरहेको छ । त्यो भन्दा पनि भयानक पिडा ३१ दिनकी नवबिबाहित दुलही स्वेता खड्काले भोग्नु परेको छ । आज श्रीकृष्ण श्रेष्ठको निधन भएको करिब २० दिन वितिसक्दा पनि स्वेताको मुखबाट अझैपनि एउटै आवाज सुन्न सकिन्छ बाबा बाबा । हो यहि शब्दले अझै पनि लाखौ लाखौको मन रुवाउछ । अहिले सम्म पनि आखाँमा आसु ओभाउन नसकेका स्वेताको हरपल श्रीकृष्णको यादमा नै दिन वित्ने गर्छ । कहाँ भेटिएला चलचित्रबाट करिब ५ बर्ष सम्म साथी मात्र है भनीरहेका उनीहरुले असार २३ गते मात्र बैबाहिक जीवनमा बाधिएका थिए । श्रीकृष्ण श्रेष्ठको लगानीमा निर्माण भएको चलचित्र कोहिनूर साउन २३ गते देशभर प्रदर्शन भइरहदाँ श्रीकृष्णको निधनले सारा दर्शकहरुको मन रुवाइरहेको थियो ।

Capture

अहिले पनि देशभर प्रदर्शन भइरहेको चलचित्र कोहिनूरले १०० बर्ष सम्म नतोडिने इतिहास बनाएको छ । अर्थात चलचित्र चलेको १३ दिनमा नै ७ करोड भन्दा माथिको व्यापार गर्न चलचित्र कोहिनूर सफल भएको छ । उता चलचित्रका उनै कलाकार स्वेता खड्का र श्रीकृष्ण श्रेष्ठको चलचित्रमा माया प्रेम हेर्दा र्हेदै भावुक बनेका दर्शकहरुले यता बास्तविक जीवनमामा भने स्वेतालाई एक्लै देख्न पुगेका छन् । सायद यो जतिको पिडा दर्शकका लागी पनि अरु के हुन सक्छ होला र । स्वेता चलचित्रमा मात्र सफल नायिका नभई उनी एक सफल विजनेस युवती समेत हुन् ।  स्वेता इन्द्रेणी गुप सगँ समेत आबद्ध छिन् ।

प्रस्तुतकर्ता : मनिष दाहाल

%d bloggers like this: