Sat. Apr 27th, 2024

yo-katha-ho-timro-meroभोली अर्थात भाद्र १३ गते देखी देशभर प्रदर्शनमा लागी चलचित्र यो कथा हो तिम्रो मेरो तयार भएको छ । ओम प्रतीकले निर्देशन गरेको चलचित्र यो कथा हो तिम्रो मेरो सगँ चलचित्र उत्सव पनि प्रदर्शनमा आउदै छ । भाद्र ६ गते देशभर प्रदर्शनमा आएका दुई चलचित्र ताण्डव र ठुली भने अहिले पनि देशभर प्रदर्शनमा छन् । त्यो भन्दा पनि स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूर पनि अहिले देशभर उत्साहजनक व्यापार गरिरहेको छ । त्यहि विच भोली देखी चलचित्र यो कथा हो तिम्रो मेरो प्रदर्शनमा आउन लागेको छ । यो कथा हो तिम्रो मेरो चलचित्र युनिटले बताए अनुसार प्रदर्शनमा आएका अरु चलचित्रहरुले यस चलचित्रलाई कुनै पनि असर नगर्ने बताएका छन् । चलचित्रले बिहिबार देखी नै मोफसलका हलहरुमा प्रदर्शन आरम्भ गरेको छ । सामाजिक प्रेमकथामा आधारित चलचित्र यो कथा हो तिम्रो मेरो मा सुमन सिंह, रवि कार्की, रिस्ता बस्नेत, गणेश उप्रेती, रुपा राना आदिको अभिनय रहेको छ। रमेश प्रजापति र अनिल हेक्काको लगानी रहेको फिल्ममा विकास चौधरीले संगीत दिएका छन्। चार गीत संग्रहित फिल्ममा दीपक लिम्बु, रजिना रिमाल, राजेशपायल राई, मनीषा पोखरेल, शिव परियार, प्रविशा अधिकारीको स्वर समेटिएको छ। चलचित्रको गीत,संगीतले पनि यति बेला निकै राम्रो प्रतिक्रिया बटुल्दै गएको छ ।

%d bloggers like this: