Thu. Apr 25th, 2024

हामी सबैलाई थाहा छ जहाँ खुसी बाड्ने कार्यक्रम हुन्छ त्यहाँ मात्र खुसी नै खुसी हुन्छ तर कहिले काही यस्तो कार्यक्रम पनि हुन्छ जहाँ खुसी बाड्दा बाड्दै आखाँबाट आसु बग्न थाल्छ । आज त्यस्तै भएको छ एक कार्यक्रममा । ‘राते काईला’ भन्दा सबैले चिन्ने कलाकार सुनिल थापाले खुसी बाड्ने कार्यक्रम आज काठमाडौंको पाँचतारे होटल अन्नपुर्णमा आयोजना गरियो जसमा सुनिल थापालाई प्रशंसा गर्ने र सुनिल थापाले खुसी बाड्ने कार्यक्रम रहेको थियो तर सुनिल थापाले आफ्नो खुसी बाड्ने कार्यक्रमनै एका एक भावुक बन्न पुग्यो । अर्थात सुनिल थापाले जिन्दगीका केहि तिता-मिठा कुरा भनिरहदाँ आखाँबाट आसु समेत बगाउन पुगे सुनिलले ।bhulbhulaiya-withi-bridda‘म सधै भिलेन भएर खेल्थे, चलचित्र हेरेपछि दिदीबहिनीहरु मलाई गाली गर्नुहुन्थ्यो’, आँखाभरी आँसु पारेर अभिनेता सुनिल थापा भन्दै थिए– ‘तर त्यो गाली नै तेरो प्रशंसा हो भनेर साथीभाईले सान्तवना दिँदा धेरै खुशी हुन्थे । ’ सुनिल थापाले यसो भनिरहदाँ त्यहाँ उपस्थित सबै भावुक बन्न पुगेका थिए । विगत ४० वर्षदेखि कलाकारिता पेशामा आबद्ध अभिनेता थापाले बोले सगै सहभागी चलचित्रकर्मी र संचारकर्मी पनि भावुक देखिन्थे । हिन्दी चलचित्र ‘एक दुजे के लिए’ बाट औपचारिक रुपमा अभिनयको यात्रा शुरु गरेका थिए । सन् १९८२ मा ‘मसाल’ बाट नेपाली चलचित्रमा डेब्यु गरेका अभिनेता थापाले त्यसपछि चलचित्र ‘चिनो’ मा ‘राते काइला’ भएर अभिनय गरे । ‘कलिउडका ‘राते काइला’ बलिउडमा पुगे, अब हलिउडसम्म पुगुन्’, कार्यक्रममा सहभागीहरु मध्ये एकले उनको विषयमा यसरी तारिख गरेका थिए ।

Sunil-thapa-with-karishma-

थापाले ३० वर्षपछि बलिउडमा सन्जय लिला भन्सालीको चलचित्र ‘म्यारी कोम’ मा प्रियंका चोपडाको बक्सिङ गुरु भएर काम गरेका छन् । चलचित्र यही शुक्रवारबाट प्रदशर्न हुँदैछ ।कार्यक्रममा करिश्मा मानन्धर, गौरी मल्ल, उद्धव पौडेल, युवराज लामा, नारायण पुरी, प्रदीप उदय, सुनील मानन्धर,  मनोज के  सी मोहन सर्राफ, वील्सन विक्रम राई, संयम पुरी, सञ्चारकर्मी शान्तिप्रिय , भरत शाक्य, विदुर गिरी  लगायत ब्यक्तित्वहरुले   सुनील थापाको खुलेरै प्रशंसा गरेका थिए ।

%d bloggers like this: