Wed. Apr 24th, 2024

bhulbhulaiya-withi-briddaनेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरपारि आज चलचित्र भुलभुलैया युनिटले  निःसहायक सेवा सदनमा रहिआएका बृद्धबृद्धाहरुलाई कपडा वितरण गरेको छ । भुलभुलैयाका सम्पुर्ण युनिटका साथ आज निःसहायक सेवा सदन पुगेका उनीहरुले असाहय वृदावृद्धहरुलाई कपडा वितरण गरेका हुन् । उक्त वितरण कार्यक्रममा चलचित्रका नायक जीवन लुइटेल, नायिका नीता ढुंगाना, स्वहित मानन्धर, निर्देशक योगेश घिमिरे, कार्यकारी निर्माता निरज ढकालले वृद्धवद्धाहरुलाई कपडा वितरण गरेका छन् । छायंनको क्रममा रहेको चलचित्र भुलभुलैयाले करिब २ दिन देखी सोहि ठाँउमा छायंकन गरिरहेको छ । चलचित्र भुलभुलैयाको करिब ९१ प्रतिशत छायंकन कार्य सकिसकेको छ ।

%d bloggers like this: