Wed. May 8th, 2024

 jhalanthनेकपा एमालेका पुर्वअध्यक्ष एवंम पुर्वप्रधानमन्त्री झलनाथ खनाल आज संगीत सम्मानबाट सम्मानित भएका छन् । राजनितिकमा अब्बल मानिने झलनाथले केहि गीतहरु समेत लेखेका छन् । ‘मातृभुमी नेपाल हाम्रो’ शीर्षकको आधुनिक गीत रचेका खनालले त्यहि गीतमा मोडलिङ समेत गरेका थिए । राजनीतिज्ञका साथै साहित्यकार, कलाकार र मोडल समेत बनिसकेका रानितिज्ञ झलनाथ खनाललाई आज नेपाल म्यूजीक क्रियेशन राष्ट्रिय संगीत सम्मान २०७१ बाट सम्मानित बनेका छन् । राष्ट्रपति निवास लाजिम्पाटमा भएको कार्यक्रममा राष्ट्रपति रामवरण यादवले झलनाथ खनाललाई सम्मानित गरेका हुन् । उक्त अवसरमा मोहन राईको एकल गीति एल्वम कस्तो सपनाको लोकार्पण पनि गरिएको छ । कार्यक्रममा सुवास चन्द्र नेम्वाङ देखी विभिन्न पार्टीका र्शीष नेताहरु समेतको उपस्थिति रहेको थियो । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खनाल गीत संगीतमा निकै रुची राख्ने नेता हुन । अभिमन्युको नाममा उनले विभिन्न साहित्यीक सामाग्रीहरु प्रकाशित गरिसकेका छन् । र परिवर्तनको तरंग लगायत शीर्षकका थुप्रै गीतहरु लेखेका छन् तर ती गीतहरु एमाले पार्टीका लागि लेखिएका थिए । समग्र राष्ट्रका लागि खनालको मातृभूमी नेपाल हाम्रो शीर्षकमा यो पहिलो रचना हो ।

%d bloggers like this: