Fri. Apr 26th, 2024

Captureबरिष्ठ संगीतका, गीतकार तथा गायक फत्तेमान राजभण्डारी आज हाम्रो साथमा नभएपनि उनले छोडेका हरेक गीत,संगीतहरु आझैपनि नेपाली दर्शक,स्रोताको मन मुटुमा जिवित नै छ । उनले छोडेको अन्तिम गीत ‘अपुरो मन’ यति बेला नेपाली बजारमा आइरहेको अबस्थामा सोहि एल्बममा समाबेश गीतमा अभिनय गरेका बरिष्ठ कलाकार निर शाह छोरा बुहारीले उनलाई घरबाट निकालिदिएका छन् । अर्थात ‘के ल्यायौ र’ नामक गीतमा निर शाहले अभिनय गरेका छन् जसमा उनलाई आफ्नै छोरा बुहारीले घरबाट निकाली दिएका छन् र पशुपतिमा रहेको वृद्धाश्रममा निरलाई छोडिदिएका छन् । र उनी आफनो मृत्यु भइसकेकी जीवन साथीलाई सम्झेर रोहिरहेको दृश्य भिडियोमा देख्न सकिन्छ । साथै गीतले पैसा मात्र होइन ठुलो कुरा भन्ने सन्देश पनि दिन खोजेको छ । निकै मार्मिक उक्त भिडियोमा स्वर स्वर्गीय गायक तथा संगीतकार,गीतकार फत्तेमान राजभण्डारी ले दिएका छन् । कृष्णका दाजु अनिल प्रस्तुतकर्ता रहेको एल्बमलाई टुवेल्भ नोट्सले बजारमा ल्याएको हो ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

http://www.youtube.com/watch?v=kr0CmUXyMp8#t=38

%d bloggers like this: