Wed. May 8th, 2024

Tandav-nepali-movie1
भाद्र ६ गते देशभर प्रदर्शनमा आएको चलचित्र ताण्डवको चार दिनको कमाई सार्वजानिक भएको छ । चार दिनको अवधिमा चलचित्र ताण्डवले  २५ लाख नेट (५९ लाख ग्रस) कलेक्सन गरेको बताइएको छ । देशभर गरि करिब ३० वटा सिनेमाहलहरुबाट एकसाथ प्रदर्शनमा आएको चलचित्र ताण्डवको कमाई अहिलेको अबस्थामा राम्रो मानिन्छ । एक साथ तिन चलचित्र प्रदर्शन भइरहेको अबस्थामा चलचित्र ताण्डवले उत्साहजनक व्यापार गरिरहेको छ । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरले आक्रमक व्यापार गरिरहेको अबस्थामा चलचित्र ठुली र ताण्डव पनि एक साथ प्रदर्शनमा आएको हो । चलचित्र कोहिनूरले ताण्डवलाई भने खासै असर गरेको देखिएको छैन् तर ठुलीलाई भने केहि असर चलचित्र कोहिनूरले पुराएको छ । चलचित्र युनिटले ठुलीले पनि आकर्षक व्यापार भइरहेको बताइए पनि बाहिर आएका खबर अनुसार चलचित्र ठुलीको व्यापार राम्रो नभएको बताइएको छ ।

%d bloggers like this: